१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

ग्लोबल आइएमई बैंकको सेवाबारे केही जान्नु छ ? चिन्ता नलिनुस, कल सेन्टरका स्मार्ट स्टाफले दिनेछन् स्मार्ट जवाफ



काठमाडौं । ग्लोबल आइएमई बैंकले कल सेन्टरको सुरुवात गरेको छ ।

बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको गरेको बैंकले जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ग्लोबल कनेक्टले डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने जनाएको छ ।

ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरीआफ्ना विभिन्न जिज्ञासाको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् ।

यसका लागि ग्राहकले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीलाई थप सहयोग मिल्ने बैंकले विश्वास लिएको छ ।

देशको ७१ वटा जिल्लामा ग्लोबल आइएमई बैंकको शाखा सञ्जाल पुगेको छ । यस्तै, २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत बैंकले आफ्ना २० लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ४ : ०४ बजे

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३