२४ बैशाख २०८१, सोमबार | May 7, 2024

ग्लोबल आइएमई बैंकको सेवाबारे केही जान्नु छ ? चिन्ता नलिनुस, कल सेन्टरका स्मार्ट स्टाफले दिनेछन् स्मार्ट जवाफ



काठमाडौं । ग्लोबल आइएमई बैंकले कल सेन्टरको सुरुवात गरेको छ ।

बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको गरेको बैंकले जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ग्लोबल कनेक्टले डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने जनाएको छ ।

ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरीआफ्ना विभिन्न जिज्ञासाको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् ।

यसका लागि ग्राहकले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीलाई थप सहयोग मिल्ने बैंकले विश्वास लिएको छ ।

देशको ७१ वटा जिल्लामा ग्लोबल आइएमई बैंकको शाखा सञ्जाल पुगेको छ । यस्तै, २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत बैंकले आफ्ना २० लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : ०४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,