१८ आश्विन २०८३, आइतबार | October 5, 2026

पूर्व विशिष्ट ब्यक्तिलाई सरकारी सेवा सुबिधा दिने निर्णय गराउने पूर्वमुख्यमन्त्री केसीले गरे गाडी फिर्ता



दाङ । आफु नेतृत्वको मन्त्रिपरिषदबाट पूर्व विशिष्ट ब्यक्तिलाई सरकारी सेवा सुबिधा दिने निर्णयगरि निर्णय गराएका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले अन्ततः सरकारी गाडी फिर्ता गरेका छन् । उनले गराएको निर्णय उल्ट्याउँदै चेतनारायण आचार्य नेतृत्वको प्रदेश मन्त्रिपरिषदले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्व मुख्यमन्त्री केसीले सरकारी गाडी फिर्ता गरेका हुन् ।

उनले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको कार्यालयका बरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिए । भदौ २० गते बिहिवार मुख्यमन्त्री कार्यालयमा चालक मार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका हुन् । पूर्व मुख्यमन्त्री शंकर पोखरेल, लिला गिरीले यस अघि नै गाडी फिर्ता गरेपनि केसी र लुम्बिनी प्रदेश सभाका पूर्व सभामुख पुर्णबहादुर घर्तीले गाडी फिर्ता गरेका थिएनन् ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री आचार्य नेतृत्वको प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताउनु भएको थियो ।

वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिदै आएका थिए । पूर्व बिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए ।

पूर्व सभामुख घर्तिले पनि प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराएको बताइएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ४ : २३ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय