२० असार २०८३, शनिबार | July 4, 2026

सत्तारूढ दलका शीर्ष नेताहरुबीच छलफल



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सो पार्टीका नेताहरु गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी थिए ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेस र एमालेबीच १७ असारमा सातबुुँदे सहमति भएको थियो । दुई दलको बहुमत भए पनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ ।

तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम साझा कार्यक्रम बनेको छैन ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ९ : २७ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि