१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाँकेमा थपिए ११ जना कोरोना संक्रमित, नेपालगन्ज उपमहानगरका १० जनामा संक्रमण पुष्टि



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा नेपालगन्जका १० जनासहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार नेपालगन्जका १० जना र खजुराका १ जनामा संक्रमण पुष्टि भएको छ भने बर्दियाको गुलरियाका २ जना र सुर्खेत विरेन्द्रनगरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

५ सय ५०जनबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार संक्रमित देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ५ का ४५ वर्षिय पुरुष, वडा नम्बर– ६ का २५ वर्षिय युवती र ३३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ भने वडा नम्बर–१ का ५२ वर्षीया महिला, वडा नम्बर–४ का ४२ वर्षीया महिला, वडा नम्बर– १० का २४ वर्षीय पुरुष तथा वडा नम्बर–१३ का ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपलागन्ज ठेगाना लेखाई वडा र उमेर नखुलेको एक पुरुष एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । मंगलबार प्राप्त रिपोर्टमा खजुराका २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

मंगलबार थपिएसँगै बाँकेमा संक्रमितको कुल संख्या ७ सय ४५ पुगेको छ । बाँकेमा ४ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ०० बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको