१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आइफोन-१६ सार्वजनिक, यस्तो छ फिचर र मूल्य



काठमाडौं । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ सार्वजनिक गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज-१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स-४, एयरपड्स म्याक्स, आइफोन-१६, आइफोन १६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रो म्याक्स कार्यक्रममा सार्वजनिक गरिएको हो ।

आइफोन-१६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन-१६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन-१६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ ।

आईफोन-१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन-१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ । आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए १८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४ के ६० भिडियो रेकर्ड गर्न सक्छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ८ : ३२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू