७ कार्तिक २०८३, शनिबार | October 25, 2026

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रुपमा मनाउने



दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो ।

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ ।

आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागी फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टर संग समन्वय गर्ने निर्णय भएको छ । आमा नागरिकलाई तीन दिन आ-आफ्नो घरको छत, वरण्डामा दिपावली गर्न आह्वान गरिएको छ ।

असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो ।

लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ ।

यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ४३ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र