२५ असार २०८३, बिहिबार | July 9, 2026

थपिए रुपन्देहीमा २२ नयाँ संक्रमित, बुटवलमा मात्र १४ जना नयाँ संक्रमित



बुटवल । अपरान्ह ४ बजे पछि रुपन्देहीमा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणबाट जिल्लामा २२ जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरपालिकाका १४ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ५ जना, सियारी गाँउ पालिकाका २ जना र देवदह नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

आज मात्र रुपन्देहीमा ३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले बताए । शाहका अनुसार आज थपिएकामा एन आई सी एसिया बैंकका कर्मचारी, देवदहका २ जना स्थानीय श्रीमान श्रीमती तथा सर्वसाधारण रहेका छन् ।

बुटवल उपमहानगरको नहरपुरमा रहेको क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङका आधारमा ४० जनाको पीसीआर परीक्षण गर्दा बुटवल उपमहानगरका १४ जनामा कोरोना पुष्टि भएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ८ : २५ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट