२८ मंसिर २०८२, आइतबार | December 15, 2025

दीप बोर्डिङ स्कुलका विद्यार्थीलाई दिइएको कथा लेखन कार्यशाला सम्पन्न



बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले विद्यार्थीको साहित्यिक विद्यामा क्षमता विकासका लागि संचालन गरेको तीन दिने बालकथा लेखन कार्यशाला सकिएको छ । मावि तहका विद्यार्थीमा देखिएको रुचीका आधारमा विद्यालयले आयोजना गरेको बालकथा लेखन कार्यशालाको बिहीबार समापन गरिएको हो ।

बागमय प्रतिष्ठानका कोषाध्यक्ष साहित्यकार लक्ष्मण ज्ञवालीले कथा लेखन कार्यशालाको समापन गर्नुुहुँर्दै विद्यार्थी जीवनमा साहित्य लेखन र बाचनको अहम भुमिका हुने बताए । उनले नेपाली साहित्यको विकास र समृद्धिका लागि विद्यार्थीकालदेखिनै यसमा मलजल गर्नु पर्ने बताउदै कथा, कविता, गीत, गजल लगायतका साहित्यिक लेखनमा विद्यालय स्तरबाट गरिएको कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रममा कथाकार तथा साहित्यकार विजयराज आचार्यले विद्यार्थीको रुचीको विषयमा आफुले प्रशिक्षण दिन पाएकोमा खुशी ब्यक्त गरे । उनले दीपमा कथा, गित, गजल लेखन विद्यामा विद्यार्थीको रुची अधिक रहेको उल्लेख गर्दै विद्यालयले ति प्रतिभालाई समयसमयमा निखारर्ने अवसर दिनु बताए ।

सो अवसरमा बालकथा लेखन कार्यशालामा सहभागि भएका दीप बोर्डिङका ४५ जना विद्यार्थीहरुले लेखेका ४५ वटा कथा कथाकार आचार्यले विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई हस्तान्तरण गरेका थिए । विद्यार्थीले लेखेका कथाहरु ग्रहण गर्दै प्राचार्य न्यौपानेले विद्यार्थीलाई हरेक विद्यामा अब्बल बनाउने योजना अनुसार विद्यालयले संस्कारयुक्त सहितको शिक्षालाई जोड दिदै आएको बताए । उनले साहित्यसँगै विद्यार्थीहरुलाई चित्रकला, नृत्य, गायन, खेलकुद लगायतका क्षेत्रमा पनि उत्कृष्ठ बनाउने योजनाका साथमा विद्यालयले हरेक गतिविधिलाई सक्रिय बनाउँदै आएको बताए । उनले विद्यार्थीले लेखेका कथाहरुलाई दीप स्कुलको एउटा कथा संग्रहका रुपमा स्थापित गर्ने गरि राखिने समेत बताए ।

विद्यालयका नेपाली शिक्षक छवी ज्ञवालीको संचालनमा भएको कार्यक्रमा विद्यालयका उपप्राचार्य कलाधर अर्याल, पत्रकार तथा अभिभावक सुमन अधिकारीलगायतले विद्यार्थीको चौतर्फी विकासमा कथा, लेख रचना लगायतका सामग्रीले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा विद्यार्थी सोविन पिया, सचिना पुरी, पलपल जैसी, सुप्रिया पन्थीलगायतले आफुले लेखेका कथा बाचन गरेर सुनाएका थिए । यस्तै सो अवसरमा कथा लेखेका विद्यार्थीहरुले साहित्यिक रुचीलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ०७ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर