२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

दीप बोर्डिङ स्कुलका विद्यार्थीलाई दिइएको कथा लेखन कार्यशाला सम्पन्न



बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले विद्यार्थीको साहित्यिक विद्यामा क्षमता विकासका लागि संचालन गरेको तीन दिने बालकथा लेखन कार्यशाला सकिएको छ । मावि तहका विद्यार्थीमा देखिएको रुचीका आधारमा विद्यालयले आयोजना गरेको बालकथा लेखन कार्यशालाको बिहीबार समापन गरिएको हो ।

बागमय प्रतिष्ठानका कोषाध्यक्ष साहित्यकार लक्ष्मण ज्ञवालीले कथा लेखन कार्यशालाको समापन गर्नुुहुँर्दै विद्यार्थी जीवनमा साहित्य लेखन र बाचनको अहम भुमिका हुने बताए । उनले नेपाली साहित्यको विकास र समृद्धिका लागि विद्यार्थीकालदेखिनै यसमा मलजल गर्नु पर्ने बताउदै कथा, कविता, गीत, गजल लगायतका साहित्यिक लेखनमा विद्यालय स्तरबाट गरिएको कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रममा कथाकार तथा साहित्यकार विजयराज आचार्यले विद्यार्थीको रुचीको विषयमा आफुले प्रशिक्षण दिन पाएकोमा खुशी ब्यक्त गरे । उनले दीपमा कथा, गित, गजल लेखन विद्यामा विद्यार्थीको रुची अधिक रहेको उल्लेख गर्दै विद्यालयले ति प्रतिभालाई समयसमयमा निखारर्ने अवसर दिनु बताए ।

सो अवसरमा बालकथा लेखन कार्यशालामा सहभागि भएका दीप बोर्डिङका ४५ जना विद्यार्थीहरुले लेखेका ४५ वटा कथा कथाकार आचार्यले विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई हस्तान्तरण गरेका थिए । विद्यार्थीले लेखेका कथाहरु ग्रहण गर्दै प्राचार्य न्यौपानेले विद्यार्थीलाई हरेक विद्यामा अब्बल बनाउने योजना अनुसार विद्यालयले संस्कारयुक्त सहितको शिक्षालाई जोड दिदै आएको बताए । उनले साहित्यसँगै विद्यार्थीहरुलाई चित्रकला, नृत्य, गायन, खेलकुद लगायतका क्षेत्रमा पनि उत्कृष्ठ बनाउने योजनाका साथमा विद्यालयले हरेक गतिविधिलाई सक्रिय बनाउँदै आएको बताए । उनले विद्यार्थीले लेखेका कथाहरुलाई दीप स्कुलको एउटा कथा संग्रहका रुपमा स्थापित गर्ने गरि राखिने समेत बताए ।

विद्यालयका नेपाली शिक्षक छवी ज्ञवालीको संचालनमा भएको कार्यक्रमा विद्यालयका उपप्राचार्य कलाधर अर्याल, पत्रकार तथा अभिभावक सुमन अधिकारीलगायतले विद्यार्थीको चौतर्फी विकासमा कथा, लेख रचना लगायतका सामग्रीले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा विद्यार्थी सोविन पिया, सचिना पुरी, पलपल जैसी, सुप्रिया पन्थीलगायतले आफुले लेखेका कथा बाचन गरेर सुनाएका थिए । यस्तै सो अवसरमा कथा लेखेका विद्यार्थीहरुले साहित्यिक रुचीलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ०७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य