८ बैशाख २०८३, मंगलबार | April 22, 2026

चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ बुटवलमा शुरु



बुटवल । चार्टर एकाउन्टेन्टहरुको शारीरिक तन्दुरुस्ती र भाईचारा विकास गर्ने लक्ष्यसहित नेपाल चार्टर एकाउन्टेन्ट संघ, रुपन्देहीको आयोजनामा चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ ।

शिखर ईन्स्योर्न्सको मुख्य प्रायोजनमा साईन रेसुङा बैकको सहयोगमा शुक्रबारदेखी दुई दिने प्रतियोगिता शुरु भएको हो ।

बुटवल योगीकुटीस्थित स्वर्णिम फुटसल एरिया नरभिल्लामा भएको उद्घाटन खेलमा सुर्य नेपालले एकान (बाके जिल्ला) लाई १-० गोल अन्तरले पराजित गरेको छ ।

सुर्य नेपालका प्रकाश पौडेलले विजयी गोल गरे । यसैगरि दोस्रो खेल एकान ९रुपन्देही० ले बुटवल स्ट्राईकर्सलाई ८-१ गोल अन्तरले पराजित गरेको छ ।

एकान रुपन्देहीका प्रविण देवकोटा २, कमल कार्कीले ३, अमृत बहादुर कार्कि, मुकुल पन्थी, सुभाष गौतमले गोल गरेका थिए । बुटवल स्ट्राईकर्सका सगुन खनालले सान्त्वना गोल गरे ।

एक समारोहका बिच एकानका पुर्व अध्यक्ष आनन्दराज शर्मा वाग्लेले प्रतियोगिताको शुभारम्भ गर्दै चार्टर एकाउन्टेन्टहरु पनि खेलकुद गतिविधि गरेर स्वास्थ्य सचेतना दिन सफल भएको बताए ।

वार्षिक कार्यक्रम अन्तरगत प्रतियोगिता शुरु भएको प्रतियोगिताको चौथौ संस्करण रुपन्देही शाखा आयोजना गरेर निक्कै महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।

फुटसलबाट सिएहरुको नया नया पुस्ताहरुबिचमा सम्बन्ध जोड्न सकिने र भाईचारा स्थापना हुने उनले बताए । नियमित अभ्यासकै कारण अहिले सिएहरुका खेल ब्यवसायिक रुपमा विकास भैरहेको समेत उनले बताए ।

 

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : १८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति