२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनको प्रक्रिया सुरु : संस्कृति, सभ्यतालाई जोगाइराख्न सहकार्य गर्छौं – मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनको पक्रिया सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको जानकारी दिएका छन् ।

शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य सङ्गोष्ठी २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रज्ञा-प्रतिष्ठान गठनको लागि विधेयक तयार पारेर प्रदेश सभामा लैजान कानुनी आधार तयार पारिने जानकारी दिए ।’लुम्बिनी प्रदेशको कला, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा-प्रतिष्ठान गठन गर्छ । यसबाट प्रदेशको कला, साहित्य, संस्कृतिको विकासमा योजना बनाएर काम अघि बढ्छन,’ मुख्यमन्त्री आचार्यले भने, -‘कला, साहित्य, संस्कृतिको जगेर्ना गरेर समाज विकास र रुपान्तरणको अभियानमा अघि बढ्न सकिन्छ ।’

उनले साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यस तर्फ सबैको चिन्ता र चासो हुनुपर्ने धारणा राखे । लुम्बिनी प्रदेश साहित्यको उर्वर भूमि रहेको, धेरै साहित्य अनुरागी, स्रष्टाहरुको योग्दानलाइ संरक्षण गर्न खोज अनुसन्धान गरेर प्रतिवेदनहरुको दस्तावेजीकरण गर्न उनले श्रष्टाहरुलाई आग्रह गरे । मुख्यमन्त्री आचार्यले कला, साहित्य, संस्कृतिको संरक्षण, विकास र प्रबर्द्धन गर्न प्रदेश सरकारले सहकार्य गर्ने, सबै साहित्यकारहरुलाइ उत्साहित बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (काव्यरपद्य) विभाग र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रज्ञा(नारी काव्य सङ्गोष्ठी २०८१ आयोजना गरिएको हो । प्रदेशका १२ जिल्लाका साहित्य अनुरागिहरुको बिशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य क्षेत्रको विकासको लागि प्रदेश तहहरुमा प्रज्ञाप्रतिष्ठान निर्माण गरेर जान सकिने उल्लेख गर्दै यस तर्फ प्रदेश सरकारले अघि बढाउने योजनामा सहकार्य गर्ने बताइन् ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले समाज रुपान्तरण र जागरणका लागि साहित्य क्षेत्रको ठूलो योग्दान रहेको चर्चा गरिन् । लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष सृजना ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्कृति र सभ्यताको वहाक साहित्य क्षेत्र भएको बताए । कार्यक्रममा भगवती पाण्डे अर्यालले कार्यपत्र प्रस्तुत गर्दै १२ जिल्लाको अवस्थाको चित्रण गरेकी थिइन् ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  १० : २८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११