१५ माघ २०८२, बिहिबार | January 29, 2026

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा



लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ ।

आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

बुधबार बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको काठमाडौंस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो ।

राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मेका थिए ।

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १२ : ५४ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण