११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा



लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ ।

आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

बुधबार बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको काठमाडौंस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो ।

राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मेका थिए ।

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  १२ : ५४ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी