३ चैत्र २०८२, मंगलबार | March 18, 2026

यूजी ग्रुप बुटवलद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । संविधान दिवसको अवसरमा यूजी ग्रुप बुटवलले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा १६२ यूनिट रक्त संकलन भएको ग्रुपका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

कार्यक्रमका अवसरमा बोल्दै ग्रुपका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि राजु गुरुङले अस्पतालको शैय्यामा जीवन मरणको दोसाधमा छटपटाएका व्यक्तिलाई रगत दिएर प्राण बचाउने काम आफैमा पूण्यको काम भएको बताए । उनले जनजीविकासँग सम्बन्धित काम गर्न युवाहरुलाई आग्रह गरे । यसैगरी युवाहरु विदेश पलायनलाई रोक्न यूजी ग्रुपका सदस्यहरुलाई मुलुक भित्रै सम्भावना छ भन्ने उदाहरणीय कार्यहरुमा सहभागी हुन पनि आग्रह गरे । उनले मुलुकको व्यवस्थामा भएका कमजोरीहरुलाई परिवर्तन गर्नका लागि पनि युवा शक्तिलाई एकतावद्ध गर्न आवश्यक रहेको बताए ।

राजनीतिक दलहरुले पनि पुनस् विचार गर्न आवश्यक रहेको बताउँदै उनले व्यवस्थामा भएका कमजोरीहरुलाई बेलैमा सुधार गर्नुपर्नेमा जोड दिए । हरेक क्षेत्रमा युवाहरुको हस्तक्षपकारी भूमिका आवश्यक रहेको बताउँदै उनले परिवर्तनका लागि ठिकलाई ठिक र बेठिकलाई बेठिक भनेर उभिन सल्लाह दिए । कुनै चर्चा र सामाजिक सञ्जालमा चर्चित हुनका लागि मात्र नभई जनजीविकासँग जोडिन आग्रह गर्दै उनले कुनै स्टनवाज नगरी जनतासँग जोडिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले युवाहरु एक भएर सामाजिक अभियानमा लाग्न आह्वान गरे । मुलुकमा बसेर अब केही हुँदैन भनेर निराश हुने प्रवृत्तिलाई अन्त्य गरेर सम्भावना र अवसरहरु देश भित्रै छन् भन्ने उदाहरण पेश गर्न जोड दिए । यसैगरी मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले सामाजिक सेवामा युवाहरुको सहभागिता स्वागतयोग्य रहेको उल्लेख गरे ।

सहसचिव यम बराल (सानु)को सञ्चालन तथा सदस्य जीवन गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको सचिव अर्जुन केसीले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : २० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड