२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले मनायो स्थापना दिवस



बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले २७ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । संघले दिवसका अवसरमा सामुदायीक रेडियो प्रशारक संघका नवनिर्वाचित उपाध्यक्ष मिलन गाहालाई एक समारोहका बीच सम्मान गर्दै कार्यकाल सफलताको कामना व्यक्त गरेको छ ।

सो कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज धनी आलेले शुभकामना ब्यक्त गर्दे वर्तमान अवस्थामा मगर महिला एकताबद्ध भएर अगाडि बड्नुको विकल्प नभएको बताइन् ।

मगर महिलालाई मिल्न नदिने केही तत्वहरुले काम गरेको बताउँदै आफूलाई जिम्मेवारी प्रदान गरेको खण्डमा महिला दिदी बहीनीहरुलाई एकताको सुत्रमा बांध्ने बताइन् । केन्द्रीय सदस्य मधु रानाले महिलाको मर्म महीलाले बुझ्न नसक्ने र राजनैतीक आस्थाका आधारमा बिभाजित हुन नहुनै भन्दै मगर महिला संघलाई सबैले अपनत्व हुने बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताइन् ।

समितिका प्रेस सल्लाहकार गाहा शुभकामना व्यक्त गर्दै थप सक्रिय भएर लाग्न सुझाब प्रस्तुत गरे । नेपाल मगर महिला संघ बुटवल उपमहानगरमा विधिसम्मत निर्वाचित गौमाया थापाको नेतृतवलाई केन्द्रीय समितिले समेत आधिकारिकता प्रदान गरेकाले सबैले मानयता दिनु पर्ने बताए ।

हालै धनकुटामा आयोजित मगर महिला संघको केन्द्रीय सम्मेलनमा समेत थापाको नेतृत्वले गरेको कामलाई सम्मान प्राप्त भएको स्मरण गराए । बुटवल उपमहानगर समितिमा थापा नेतृत्वकै समिति बैधानिक भएको दाबी गर्दै उनले भ्रममा नपर्न आग्रह गरे । कार्यक्रम ज्ञानु रानाको स्वागत तथा सचिव तिर्थ कुमारी सोमरेको सञ्चालन तथा संघका अध्यक्ष गौमाया थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ०३ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज