७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता



नयाँ दिल्ली । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको खबरपछि भारतको उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक सुरक्षा अधिकारीले बताएका छन ।

मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।

पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमाका आदिवासी जनसङ्ख्यासँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको छ जहाँ सन् २०२१ मा सत्ता कब्जा गरेदेखि दर्जनौँ सशस्त्र समूहहरूले सेनासँग लडिरहेका छन् ।

मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदिप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतङ्कवादीहरूले सम्भावित सीमा पार गरेको सुचना प्राप्त गरेको पुष्टि गरेका छन ।

सिंहले सीमा चौकीलाई “सतर्क” गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा “कम्बाइङ अपरेसन” सञ्चालन गर्ने बताए । महिनौंको सापेक्ष शान्तिपछि, यस महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

गत हप्ता मेइतेई प्रदर्शनकारीहरूले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहराउदै उनीहरु विरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए । मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि तनाव चलिरहेको छ ।

सरकारी तथ्याङ्कअनुसार दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् भने कम्तिमा दुई सय जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  २ : २६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज