३ आश्विन २०८३, शनिबार | September 19, 2026

च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिख पुग्यो, उपाधिका लागि पिएसजीसँग प्रतिस्पर्धा गर्ने



एजेन्सी । जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–० ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

ग्नाब्रीले १८ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले ८८ औँ मिनेटमा गोल गरे । बार्यन म्युखिन ११ औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएर पुनः सुरु भएको च्याम्पियन्स लिगमा यो पटक बार्यन म्युखिनले बलिया क्लबलाई स्तब्ध पारेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

अन्तिम ८ मा बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो ।

अब फाइनलमा बार्यनको भेट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग हुनेछ । फाइनल खेल आउँदो आइतबार राति हुनेछ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : १४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको