२९ मंसिर २०८२, सोमबार | December 15, 2025

च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिख पुग्यो, उपाधिका लागि पिएसजीसँग प्रतिस्पर्धा गर्ने



एजेन्सी । जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–० ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

ग्नाब्रीले १८ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले ८८ औँ मिनेटमा गोल गरे । बार्यन म्युखिन ११ औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएर पुनः सुरु भएको च्याम्पियन्स लिगमा यो पटक बार्यन म्युखिनले बलिया क्लबलाई स्तब्ध पारेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

अन्तिम ८ मा बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो ।

अब फाइनलमा बार्यनको भेट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग हुनेछ । फाइनल खेल आउँदो आइतबार राति हुनेछ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : १४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले