१७ असार २०८३, बुधबार | July 1, 2026

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु



भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि आठौं जिल्लास्तरीय खुल्ला स्नुकर मेयर प्रतियोगिता मेयर कप-२०८१ सुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा क्रेजी क्यु क्लबमा सुरु भएको प्रतियोगिताको पूर्व सांसद् प्रमोद कुमार यादवले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै यादवले आफूहरु खेलाडीहरुको साथमा रहेको बताए । उनले भने, ‘रुपन्देही पुल तथा स्नुकर संघले राम्रो काम गरेको छ । तपाईहरुलाई सक्दो सहयोग गर्नेछौं ।’

रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले स्नुकर सम्भावना बोकेको खेल भएको बताए । उनले आठौं संस्करणको खुल्ला स्नुकर प्रतियोगिता भैरहवामा हुनु गौरवको कुरा भएको बताए । उनले भने, ‘अनुशासन र मर्यादा खेलाडीको पहिचान हो ।’

नेपाली काँग्रेस सिद्धार्थनगर समितिका सभापति तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी कोशिष बहादुर खड्काले कार्यक्रमको पूर्ण सफलताको कामना गरे । उनले भने, ‘जुन खेलमार्फत खेलाडीदे अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्छ, त्यही नै विशेष खेल हो ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय गाउँगाउँमा विस्तार हुँदै गएको बताए । उनले स्नुकरलाई राष्ट्रिय खेलमा समावेश गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यो खेलको अझ प्रचारप्रसार गर्नुपर्छ । खेललाई मर्यादित बनाउनुपर्छ । ’

रुपन्देही पुल तथा स्नुकर संघका सल्लाहकार तथा संस्थापक वरिष्ठ उपाध्यक्ष सुरज मकाजुले संघ विभिन्न आरोह-अवरोहकाबीच यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘स्नुकर खेलाडीले दुःख पाए । सेवासुविधा पाएका छैनन् ।’ उपाध्यक्ष ढकालले मर्यादित ढंगले खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

संघका प्रथम उपाध्यक्ष बासु प्रधानको स्वागत तथा पुनम कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र पाल्पा गरी तीन जिल्लाबाट १२८ जनाको सहभागीता रहने कार्यक्रम संयोजक तथा संघका सल्लाहकार विजय थापाले जानकारी दिए । नकआउट सिस्टममा हुने प्रतियोगितामा प्रथम हुनेलाई रु. ६१ हजार र दोस्रो हुनेलाई रु. २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । त्यस्तै उच्च स्कोररलाई रु. १० हजार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : १९ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज