१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु



चितवन । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् ।

म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका सिलसिलामा खेत बारीमा जाँदा बेनी भिडन्तका क्रममा बेबारीसे अवस्थामा छाडिएको बम बिष्फोटमा परी अपाङ्ग बने । उनको दुवै हात छैन । बिनाकारण अपाङ्ग हुँदा पनि राज्यबाट सहयोग नहुँदा उनी निराश छन् ।

खत्रीले भने, “हामीलाई देख्दा समाजले पनि गिज्याउँछ, हाम्रो पहिचान अपाङ्ग मात्रै हो र ?” उनले द्वन्द्वपीडित अपाङ्गका रुपमा पहिचान दिन जरुरी रहेको बताए । उनले थपे “हामी काम गरेर स्वरोजगार भइ बाँच्न चाहन्छौ । तर हामीलाई सहयोग कसैले गर्दैन ।”

गैँडाकोटमा भेटिएका खत्री सत्य स्थापित हुनुपर्ने भन्दै कानुनी रुपमै आफूहरुको माग सम्बोधन हुनुपर्ने बताउँछन् । उनले यो समस्या समाधानका लागि कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने आवश्यकता देख्छन् ।

बाँकेका रामरतन चौधरीको पनि खत्री जस्तै समस्या छ । द्वन्द्वको समयमा बिद्रोही पक्षले मरणासन्न हुनेगरी कुटपिट गर्दा अहिले उनका दुवै खुट्टा चल्न सक्ने अबस्था छैन । बैशाखीको भरमा हिँड्नुपर्ने उनी तत्कालिन समयमा विसं २०५७ मा सबओभरसियरको काम गर्थे ।

कार्यालयको काम सकेर घरमा बसेको समयमा बिद्रोही पक्षले मरणासन्न हुने गरी कुटपिट गरी फालेको उनले बताए । अहिले आफूहरुलाई राज्यले नहेर्दा निकै चिन्ता लाग्ने गरेको उनको गुनासो छ ।

अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको साधारणसभामा भाग लिन गैँडाकोटमा आएका चौधरी आफूहरुले पनि द्वन्द्वपीडितको पहिचान पाउनुपर्ने बताउँछन् । उनले भने “राज्यले हामीलाई पनि द्वन्द्वपीडितभित्र राखेर परिचयपत्र बनाइदिनु पर्छ ।”

अपाङ्ग भएको ठाउँमा गरिबी बढ्ने भन्दै उनले यस्ता व्यक्तिको परिवारलाई आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने, “परिवारका सदस्यहरुलाई योग्यताअनुसारको रोजगारीको व्यवस्था राज्यले गर्नुपर्छ ।”

शान्ति अभियान्ता रमेश अधिकारी द्वन्द्वपीडित अपाङ्गहरु दुई प्रकारका रहेको बताउँछन् । जो द्वन्द्वमा प्रत्यक्ष सहभागी भएर र सहभागी नभएर भएका अपाङ्गहरु छन् । अहिलेको समस्या द्वन्द्वमा प्रत्यक्ष सहभागी नभएर पनि द्वन्द्वका कारण अपाङ्ग भएकाहरुको मागलाई राज्यले सुनुवाइ गर्नुपर्ने उनले बताए ।

राज्यले विसं २०६३ मङ्सिर ५ गतेपछि बेवारिसे बम बिष्फोटमा परी अपाङ्ग हुनेलाई पनि द्वन्द्वपीडित मानिनुपर्ने अधिकारीको माग छ । द्वन्द्वको समय वा त्यसको कारण भएका अपाङ्गहरुलाई राज्यले पहिचान र परिपुरणको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय माग सुनुवाइका लागि अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल गठन गरी सङ्गठित हुन थालेका छन् । देशभर कति यस्ता अपाङ्गहरु छन् भन्ने वास्तविक तथ्याङ्क निकालेर सरकारसँग आफूहरुको मागलाई सुनुवाइ गराउने योजनामा सञ्जालको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ५१ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा