२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

४२५ किलोग्राम मटर बरामद



महोत्तरी । महोत्तरी प्रहरीले बिहीबार बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो ।

दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् ।

बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १२ : ३३ बजे

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता