१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस



लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

जापनीज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढने गरी योजना बनाउने समेत बताए ।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले बुद्धजन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए ।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरुको आवागमन बृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे ।

“पर्यटन र शान्ति“ भन्ने नारा सहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्द्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । निरन्तर वर्षात भएकाले शान्तिदीप स्थित थाई भिजिटर सेन्टरमा स्वागत गरिएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना अधिकारी राजन बस्नेत लगायतको उपस्थिती रहेको थियो । लुम्बिनीमा स्वागत गरिएका पर्यटकहरुलाई लुम्बिनी होटल संघ नेपालले तिलौराकोट, रामग्राम लगायतका क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

लुम्बिनी विकास कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी होटल एशोसियसन, लुम्बिनी पर्यटन व्यावसायी संघ, महामाया रिक्सा चालक संघ, लुम्बिनी स्थानीय पथ प्रदर्शक संघ, लुम्बिनी अन्तरराष्ट्रिय विहारहरुको सहभागिता रहेको थियो । लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरीक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो बर्ष करिव १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो वर्ष सिजन शुरु भएकाले पर्यटक संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : १६ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि