२० माघ २०८२, मंगलबार | February 4, 2026

राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको एकिकृत मापदण्ड लागु गरिनुपर्छ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदि सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताएका छन् । राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकिकृत मापदण्ड २०८१ छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भविस्यलाई आधार मानेर नमुना राजधानी शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गर्न सबैको साथ, सहयोग चाहिने बताएका हुन् ।

उनले अव बन्ने शहरहरु भुकम्प, बाढि, पहिरो लगायतका विपदबाट सुरक्षित हुनेगरी मापदण्ड निर्माण गरिने स्पष्ट पारे । अहिलेसम्म देखिएका शहर अव्यवस्थित हुदा विपदका घटना बढ्ने र क्षति बढि हुने अवस्था रहेको उनको भनाई छ । ‘हामीले राजधानी शहरलाइ सबै हिसाबले सुरक्षित शहर बनाउने योजना छ’उनले भन्नुभयो–‘शहर निर्माण गर्न चाहने स्रोत साधन र बजेटको खोजिमा सरकार लागि परेको छ ।’

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले शहर निर्माण संग जोडिएका मापदण्डको पूर्ण कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताए । ‘मापदण्ड पालना जरुरी छ । अस्तव्यस्त शहर चाहिएको होइन’ उाले भने– ‘अस्तव्यस्त शहर हुदा कस्तो अवस्था आउँछ भन्ने उदाहरण बताइरहनु नपर्ला । तसर्थ शहर निर्माण संग जोडिएका योजनालाइ एकीकृत मापदण्ड बनाएर लागू गर्नुपर्छ ।’

शहर भित्रको सडक, खुला क्षेत्र, हरियाली प्रबर्द्धन लगायत अन्य हिसाबले स्मार्ट बनाउनेगरि मापदण्डलाई एकसकृत बनाउन थालिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए । ‘बनेका पूर्वाधारलाई सुरक्षित बनाउने अनि नयाँ बन्नेलाइ मापदण्ड अनुसार अघि बढाउने योजना हो’ उनले भने– ‘घरको मापदण्ड, दण्डिको मापदण्ड पनि तोक्नेगरी अघि बढ्दै छौं ।’

मापदण्ड बनाउने, डिजाइन पालना गर्ने र निर्माणमा संलग्नहरुको क्षमता अभिवृद्धि गर्नेगरि कार्यक्रम अघि बढाउन थालिएको उनले बताए ।

हाल प्रदेश प्रशासनिक परिसर क्षेत्र भित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित १० वटा मन्त्रालयको भवन निर्माणको काम यसै बर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ भने राजधानी शहर निर्माण गर्न जग्गा विकास कार्यक्रम पनि अघि बढेको छ । प्रदेश सरकारले पाँच बर्षको लागि चाहिने २५ अर्ब बजेटको स्रोतकोे खोजि गर्न विभिन्न दातृ निकायहरु संग छलफल गरिरहेको छ । २० बर्ष भित्र एक खर्ब बजेटको लागतमा राजधानी शहर निर्माण गर्न सकिने प्रस्तावना तयार पारिएको छ ।

इञ्जिनियर र प्राविधिकहरु संग छलफल

प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकिकृत मापदण्ड २०८१ छलफल गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख सहित प्राविधिक तथा इञ्जिनियरहरु संग छलफल अघि बढाएको हो । सोमवार र मंगलबार दुई दिन छलफल गरेर एकीकृत मापदण्डलाई अघि बढाइने जनाइएको छ । शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका, शितगंगा नगरपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिकाका प्रतिनिहरुको सहभागीता थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ०६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको