२५ असार २०८३, बिहिबार | July 9, 2026

हवाई यात्रुको गुनासो : महँगो टिकट पनि पाइदैन, बेखबर छन् मन्त्री



काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् ।

एकातिर हवाई कम्पनिले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महंगोमा टिकट किन्न तयार हुदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ ।

हवाई कम्पनीहरुले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद र दशैँको अवसरमा उनीहरुले मौका छोपेर न्युनतम दरक टिकटनै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ ।

वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरेपनि त्यो निर्णयमै सिमित भएको छ र उनीहरुले सरकार र यात्रुलाई झुक्काएको पाइएको छ । दशैँको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर संघले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ । अहिले हवाई कम्पनिहरुले न त सस्तो दररेटमा टिकट नै बेचेको छ न त टिकट उपलब्ध नै रहेको छ । सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।

अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्दै सस्तो प्रचार गरिरहेको भए पनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन । मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ८ : ३७ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको