४ पुस २०८२, शुक्रबार | December 19, 2025

हवाई यात्रुको गुनासो : महँगो टिकट पनि पाइदैन, बेखबर छन् मन्त्री



काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् ।

एकातिर हवाई कम्पनिले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महंगोमा टिकट किन्न तयार हुदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ ।

हवाई कम्पनीहरुले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद र दशैँको अवसरमा उनीहरुले मौका छोपेर न्युनतम दरक टिकटनै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ ।

वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरेपनि त्यो निर्णयमै सिमित भएको छ र उनीहरुले सरकार र यात्रुलाई झुक्काएको पाइएको छ । दशैँको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर संघले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ । अहिले हवाई कम्पनिहरुले न त सस्तो दररेटमा टिकट नै बेचेको छ न त टिकट उपलब्ध नै रहेको छ । सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।

अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्दै सस्तो प्रचार गरिरहेको भए पनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन । मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ८ : ३७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज