८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको शुभकामना आदानप्रदान सम्पन्न, ‘पेशागत मर्यादा कायम राख्न अनुरोध’



बुटवल । नेपाल इन्जिनियर्स एसोसिएसन स्वागत नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेश समितिद्वारा बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेश समितिका सभापति महेस्वर लम्सालको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी पाण्डेले इन्जिनियरको सीप, ज्ञान र नयाँ प्रविधीले देश बिकास तर्फ उन्मुख रहने बताउदै इन्जिनियरको समाजको दिगोपनका लागि नयाँ खाका कोरेर स्थानिय सरकार चलाउन सहज र सरल हुने अपेक्षा राखेका थिए । उनले इन्जिनीयर साथीहरुप्रती आशा र भरोसा रहेको बताउदै इमान्दारीता र व्यवसायीक दक्षतामा इन्जिनियरहरु लाग्नुपर्ने ठहर गरेका थिए ।

कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य प्रदेश उपसभापती शिव तिवारी, धर्मराज अर्याल, हेमराज शाही, यादब नेपाल, केन्द्रीय सदस्य आकाश बर्मा, निवर्तमान केन्द्रीय सदस्य बिस्वरन्जन मिश्र, यमलाल पाण्डे, कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन कुमार पन्थी, कर्मचारी युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आधिकारिक ट्रेड युनियन जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेले मानव यन्त्रका रुपमा इन्जिनियर रहेको हुदाँ उड्ने देखि गुड्ने सम्मको डिजाइनिङ्ग गर्ने नै इन्जिनियर रहेको बताउँदै पेशागत मर्यादालाई कायम राख्दै नितिगत सुधारमा पनि ध्यान दिन अनुरोध गरेका थिए ।

सभापती महेश्वर लम्सालले नयाँ इन्जिनियरलाई कन्फिडेन्ट लेभल बिउल्ड अप गर्न र इन्जिनियरलाई प्रोत्साहन गर्न हामी लागिपरेको बताउँदै निर्वाचित भएको छोटो अवधीमा विभिन्न उपलब्धि हासिल गरेको र आगामी दिनमा गतिलाई तिब्रता दिने बताएका थिए । साथै विजयदशमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश सचिव प्रवेश पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ३ : ०३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको