११ माघ २०८२, आइतबार | January 25, 2026

दाङबाट चार सय खसीबोका काठमाडौं पठाइँदै



दाङ । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौं पठाइएको हो ।

जिउँदो खसी प्रतिकेजीको रु पाँच सय ६० र बोका प्रतिकेजीको रु पाँच ४० को दरमा खरिद गरिएको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो ।

गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौं पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ३९ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन