१२ आश्विन २०८३, सोमबार | September 28, 2026

दाङबाट चार सय खसीबोका काठमाडौं पठाइँदै



दाङ । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौं पठाइएको हो ।

जिउँदो खसी प्रतिकेजीको रु पाँच सय ६० र बोका प्रतिकेजीको रु पाँच ४० को दरमा खरिद गरिएको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो ।

गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौं पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ३९ बजे

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध

चोलेन्द्र प्रकरण अपराध अनुसन्धानका प्रमुख खड्कालाई आयोगले बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ–रिहाइ प्रकरण संसद्मा, सांसदद्वारा सरकारसँग जवाफ माग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल