१ बैशाख २०८३, मंगलबार | April 15, 2026

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : पूर्वअध्यक्ष रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताएका छन ।

विजयादशमी अवसरमा दिएको शुभकामना सन्देशमा उनले राष्ट्रका समग्र गतिविधिलाई समुन्नत बनाउँदै जनसमुदायमा सुख, समृद्धि र सामाजिक सद्भाव बढाउने कार्यमा विजयादशमीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन, “नेपालीहरूको महान चाड एवम् पर्वका रूपमा मनाइँदै आएको विजयादशमीले हाम्रा परम्परा र संस्कृतिको छुट्टै पहिचान दिन्छ । भातृत्व, सद्भाव र परिवार समाजको मिलनको पर्व पनि हो विजयादशमी ।”

उनले दशैँको मुखैमा भएको वर्षा, बाढीपहिरा पीडित र प्रभावित व्यक्ति दुःख र पीडामा रहेकाले राहत र पुनःनिर्माणमा सरकार र सम्पूर्ण राष्ट्र संवेदनशील हुनु जरुरी रहेको बताए ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आजको युगमा जुनसुकै कुरासँग जोडिने विषय विकास र समृद्धि नै भएकाले त्यसका लागि राजनीतिक स्थिरता, दृढ इच्छाशक्ति, नविनतम दृष्टिकोण र इमानदारितापूर्ण प्रयास महत्वपूर्ण विषय हुने धारणा व्यक्त गरे ।

उनले सन्देशमा भनेका छन, “शुभकामना आदानप्रदान गर्दै राग, द्वेषलाई पर राखेर रमणीय मौसमी प्रकृतिको उल्लासमय वातावरणमा शान्ति र समृद्धिको कामनाका साथ मनाइने पर्व हो विजयादशमी । त्यसैगरी मनाउँ त्यसैगरी रमाऔँ ।”

पूर्वअध्यक्ष रेग्मीले नवदुर्गा भवानीले सम्पूर्ण नेपालीजनमा शान्ति, सुख, समृद्धि प्रदान गरुन् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : १८ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा