९ भदौ २०८३, मंगलबार | August 25, 2026

नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : पूर्वअध्यक्ष रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना व्यक्त गरेका छन ।

नव वर्ष २०८० को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उनले नयाँ वर्ष सुख र समृद्धिको अनुभूति हुने तथा यस्तै विषय पढ्ने र सुन्न पाउने अवसर प्राप्त होस् भनी सबैमा शुभकामना व्यक्त गरेका हुन । उनले सन्देशमा भनेका छन, “समयमै नीतिगत र कार्यक्रमिक रूपले कार्यान्वयन योग्य ठोस कदम चाल्न सकिएन भने अबको बाटो कता तिर भन्ने अहंम प्रश्न खडा हुन्छ । यसले जनसाधारणमा निराशा र आक्रोश बढ्न थाल्दछ ।”

चुनौती व्यवस्थापन गर्दै देश र जनताको लागि नेतृत्वदायी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरकारको दायित्व रहेको शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन । पूर्वअध्यक्ष रेग्मीले राजनीतिक दल र नेतृत्ववर्ग हाम्रो प्रणालीमा मुख्य अवयव भएकाले राज्यले समस्या देखाउने र हेर्ने नभई समाधान दिनेतर्फ ध्यान पु¥याउनुपर्छ भने ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ३७ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन