९ भदौ २०८३, मंगलबार | August 25, 2026

आचारसंहिता पालनामा प्रतिबद्धता मात्र होइन, व्यवहारमै कार्यान्वयन होस् : पूर्वअध्यक्ष खिलराज रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।

आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै रेग्मीले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पु-याउन आवश्यक रहेको बताए ।

संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरुप दिन रेग्मीकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरेको थियो । उक्त निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो ।

पूर्वअध्यक्ष रेग्मीले भने, “नेपाली जनताको हित र समृद्धिमा संविधान कार्यान्वयन गर्दैअघि बढ्ने कार्यमा सबै लाग्नुपर्छ, विशेष गरी राजनीतिक दलको नेतृत्व वर्गको गहनतम दायित्व हो ।” तीनै तह (सङ्घ, प्रदेश र स्थानीय तह)को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रुपमा लिन सकिने उल्लेख गर्दै उनले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “प्रजातन्त्रमा जनताको मताधिकार सुरक्षित हुनुपर्छ, त्यो बनाउनु सरकार, राजनीतिक दल र उम्मेदवारको कर्तव्य हो । दलले संयमतापूर्वक मनोमालिन्यरहित वातावरण बनाउन प्रयत्न गर्नपर्छ, निर्वाचन आयोगले पनि स–साना विषयमा समेत दलका बीचमा परामर्श गरी अघि बढेमा निर्वाचनप्रतिको आस्था र विश्वास जित्न सकिन्छ भन्ने लाग्छ ।”

निर्वाचनमा मत हाल्ने जनता र राजनीतिक दलका बीचमा निर्वाचनप्रतिको आस्था र विश्वासलाई डकमगाउन नदिने वातावरण राज्यका सबै निकायबाट हुन जरुरी रहेको बताउँदै उनले निर्वाचनमा केही कसैबाट कहीँकतै कमी कमजोरी र भुलचुक हुन दिन नहुने बताए ।

निर्वाचनको वातावरण र परिस्थिति निर्माणले नै मतदाताको व्यापक सहभागिताा निर्वाचन गर्न सकिने जनाउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “आगामी निर्वाचनमा सही गन्तव्य, सही परिवेश, सही परिस्थिति, सही वातावरण निर्माण गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदानमार्फत निष्कलङ्क, कर्मशील र निष्ठावान् व्यक्तिको चयन भएमात्र अनि देशले विकासलगायत हरेक क्षेत्रमा फड्को मार्छ भन्ने मलाई विश्वास छ ।”

पूर्वअध्यक्ष रेग्मीले आगामी निर्वाचनसँगै स्थानीय तह नयाँ चरणमा प्रवेश गर्ने भएकाले जनताका विकास र समृद्धिका चाहनालाई सम्बोधन गर्न स्थानीय तहबाटै जनताले सेवा सुविधा र प्रतिफल पाउने गरी संवेदनशील भई काम गर्न आउने जनप्रतिनिधिलाई सुझाव दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : २० बजे

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत