४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

प्रधानमन्त्री ओलीले भोलि (बडादसैँका दिन) सर्वसाधारणलाई टीका नलगाइदिने



काठमाडौं । यसवर्षको दसैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाउने जनाएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाका कारण उनले सर्वसाधारणलाई टीका नलगाइदिने भएको सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।

प्रधानमन्त्रीका अ‍ेलीको फेसबूक एकाउण्ट मार्फत बडादसैंको शुभकामना सन्देश जारी गर्दै ओलीले टीका कार्यक्रम नराखिएको बताएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसअघि जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन । परिवारका सदस्यहरूसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन ।’ प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिका कारण यसपटकको दशैं उल्लासमय हुन नसकेको बताउका हुन् ।

भारी मनका साथ दशैं मनाउँदैछौं, म पनि रमाउन सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेकाले उहाँ (पीडित)हरूको आँसु पुछ्ने, राहत दिने, पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज एवं सुगम बनाउने उत्तरदायित्वमा लागिरहेकाको छु,’ प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्रीले बाढीपहिरोबाट विस्थापितहरूलाई पहिलेकै अवस्थामा अथवा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १० : २६ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी