३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

दसैंको टीका थाप्दै पर्यटकले भने – “नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ”



चितवन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन् । नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिएका छन् । साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए ।

मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । “नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ”, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, “नेपालीहरुका साथमा दसैँ मनाउन पाउँँदा खुसी छु ।”

नेदरल्याण्डस्देखि सौराहा घुम्न आएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दसैँ मनाउन पाउँदा औधी खुशी देखिन्थे । “मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाउन पाएँ”, उनले भने ।

अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिइन् । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछुु”, उनले भनिन् ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । “हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दसैँमासगैँ राखेर मनाएका थियौँ”, होटल सञ्चालक गिरीले भने ।

पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : २४ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष