२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सरकारलाई संसदीय समितिको निर्देशन : सबै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउ, १० हजार भेन्टिलेटर थप



काठमाडौं । संसदीय समितिले ७७ वटै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको कानुन न्याय तथा मानव अधिकार समितिको भर्चुअल बैठकले सबै जिल्ला सदरमुकाममा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोना संक्रमितका लागि उपचार गर्न डेडिकेटेड अस्पतालको संख्या तत्कालै वृद्धि गर्न पनि निर्देशन दिएको छ । कोरोना उपचारका लागि निजी अस्पताल र मेडिकल कलेजहरुलाई पनि प्रयोग गर्न समितिले निर्देशन दिएको छ ।

े निजी अस्पताल प्रयोग गर्दा राज्यको तर्फबाट आवश्यक साधनस्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिँदै समितिले आम नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गराउन भनेको छ ।

तर, अस्पतालहरुमा कोभिड संक्रमित र अन्य बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्ण सावधानी र सर्तकता अपनाउन पनि समितिले निर्देशन दिएको छ ।

यसैगरी, उपचारलाई थप व्यवस्थित र सुरक्षित बनाउन १० हजार भेन्टिलेटर र आईसीयूको यथाशिघ्र व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

यी उपकरणहरु सातै प्रदेशमा समानुपातिक रुपमा वितरण गर्नुपर्ने समितिको ठहर छ । भेन्टिलेटर र आईसीयूको सञ्चालन गर्ने दक्ष जनशक्ति नियुक्त गर्न समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।

समितिले अंगपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न र मनोबल बढाउने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ६ : ३४ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने