२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सरकारलाई संसदीय समितिको निर्देशन : सबै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउ, १० हजार भेन्टिलेटर थप



काठमाडौं । संसदीय समितिले ७७ वटै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको कानुन न्याय तथा मानव अधिकार समितिको भर्चुअल बैठकले सबै जिल्ला सदरमुकाममा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोना संक्रमितका लागि उपचार गर्न डेडिकेटेड अस्पतालको संख्या तत्कालै वृद्धि गर्न पनि निर्देशन दिएको छ । कोरोना उपचारका लागि निजी अस्पताल र मेडिकल कलेजहरुलाई पनि प्रयोग गर्न समितिले निर्देशन दिएको छ ।

े निजी अस्पताल प्रयोग गर्दा राज्यको तर्फबाट आवश्यक साधनस्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिँदै समितिले आम नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गराउन भनेको छ ।

तर, अस्पतालहरुमा कोभिड संक्रमित र अन्य बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्ण सावधानी र सर्तकता अपनाउन पनि समितिले निर्देशन दिएको छ ।

यसैगरी, उपचारलाई थप व्यवस्थित र सुरक्षित बनाउन १० हजार भेन्टिलेटर र आईसीयूको यथाशिघ्र व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

यी उपकरणहरु सातै प्रदेशमा समानुपातिक रुपमा वितरण गर्नुपर्ने समितिको ठहर छ । भेन्टिलेटर र आईसीयूको सञ्चालन गर्ने दक्ष जनशक्ति नियुक्त गर्न समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।

समितिले अंगपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न र मनोबल बढाउने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ३४ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो