१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बेनी–जोमसोम–कोरला सडक खण्ड : काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध



म्याग्दी । विगत डेढ महिनादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको दाना खण्डको काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका— ३ मा पर्ने काभ्रेभीरमा शुक्रवार सडक मर्मतका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खस्दा उपकरणमा क्षति पुग्नुका साथै सडक मर्मतको काम समेत अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकखण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

‘धमाधम सडक मर्मतको काम हुँदै थियो’, उनले भने, ‘भीरबाट एक्कासी ठूलो सुख्खा पहिरो झर्न थालेपछि भागाभाग भयो ।’ पहिरोले कुनै मानवीय क्षति नभएपनि सडक मर्मतमा प्रयोग हुँदै आएका उपकरणमा क्षति पुगेको उनले बताए । सुपरभाइजर शेरचनका अनुसार भीरमा विष्फोटक पदार्थ प्रयोगका लागि करीब ३० वटा होल खोलिसकेको अवस्थामा पहिरो खस्दा पाइपलगायत अन्य उपकरणमा क्षति पुगेको छ ।

माथिबाट पहिरो खस्न थालेपछि आफूलगायत सडक मर्मतका लागि खटिएका अन्य ६ जना व्यक्ति सुरक्षित स्थानतर्फ भागेको उनले बताए । उनले भने, ‘मुस्किलले ज्यान जोगाउन सफल भयौं, पानीको छहरा भित्र घुसेर काम गर्नु पर्छ, कतिबेला पहिरो खस्छ थाहा नै हुँदैन ।’

अवरुद्ध सडक आइतबारसम्म सिधा सञ्चालन गर्ने प्रयास भएपनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए । पहिरोले कालीगण्डकी नदीमा भने कुनै असर नगरेको उनले बताए । डेढ महिनादेखि सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका वासिन्दालाई निकै सास्ती भएको छ । रासस

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ६ : ३१ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध