२३ भदौ २०८३, मंगलबार | September 8, 2026

चन्द्रवहादुरको टाउको छिनाएको आरोप लागेका अनिल राप्तीसोनारीबाट पक्राउ



कोहलपुर । बडादसैँको राति एक पुरुषको टाउको छिनाएर सेफ्टीट्याङकिमा लुकाएको आरोप लागेको अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुरका चन्द्रवहादुर कामीको टाउको छिनाएर फरार आरोपित परियारलाई बाँकेको राप्तीसोनारीबाट प्रहरीले पक्राउ गरेको हो ।

रोल्पा जिल्ला माडी गाउपालिका वडा नं ६ बस्ने २४ वर्षीय अनिल परियारलाई चन्द्बहादुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिनघारी टोल स्थित भौवानाका जाने बाटोको दाँया तर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलि र इप्रका कुसुम बाँके बाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमाण्डमा खटिईएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतक कामीको टाउको घटनास्थलबाट करिव ५०० मिटर पूर्वउत्तरमा अनिलको दिदी नाता पर्ने सुनिता परियारको घरको सेफ्टीट्याङकिमा गएरातीमात्रै फेला परेको थियो ।

अनिल पाहुना पर्न सुनितामा आएको बताइएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिव दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको शव फेला परेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : ५४ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा