२१ भदौ २०८३, आइतबार | September 6, 2026

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान



काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उनका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएका छन् ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्केका बिपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बिपी सङ्ग्रहालयमा लगिएको थियो । त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बिपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गरेका थिए । बिपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता कोइरालाले कांग्रेस बिपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बिपीले सुरु गरेको चियापानको परम्परालाई निरतन्तरता दिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा बलिउड नायिका एवं बिपीकी नातिनी मनिषा कोइराला, बिपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी थिए ।

सो अवसरमा बिपी पुत्र कोइरालालगायतले सङ्ग्रहालय परिसरमा रहेको बिपीको पूर्णकदको सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा उपस्थित इच्छुक महानुभावलाई कोइरालाले टीका तथा जमरासहित आशीर्वाद पनि दिएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ४७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका