१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बन्दीपुरमा एक हप्ता लम्बियो बन्दाबन्दी



तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दाबन्दी थप एक हप्ता लम्ब्याएको छ । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई बन्दाबन्दी लम्ब्याएको हो ।

गाउँपालिकाले यस अगाडि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई बन्दाबन्दी गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता बन्दाबन्दी लम्ब्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

बन्दीपुर गाउँपालिका वडा नं १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैङ्कका एटिम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले यस अगाडि एक हप्ता गरेको लकडाउन प्रभावकारी बनाउन सहयोग पुर्‍याउने सङ्घसंस्था, व्यापारी, बैङ्क तथा वित्तीय संस्था, सञ्चारमाध्यम, आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै थप एक हप्ताको लकडाउनलाई पनि पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ । रासस

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : ३६ बजे

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत