११ श्रावण २०८३, सोमबार | July 27, 2026

बजेट सहि ढंगले कार्यान्वयन गर्न अनुगमन जरुरी : मुख्यमन्त्री आचार्य



कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक बर्षमा विनियोजन भएको बजेट सहि ढंगले कार्यान्वयन गर्न सरकोकारवालासँग आग्रह गरेका छन्। कोहलपुर नगरपालिकामा बुधवार जनप्रतिनिधि तथा कर्मचारीहरुसंगको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षमा बाँके जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन भएको र बजेटको सहि ढंगले कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

बाँके जिल्लामा पुँजीगत तर्फ दुई अर्ब ४२ करोड बजेट विनियोजन भएको उल्लेख गर्दै उनले पाँच लाख भन्दा माथिका सबै आयोजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न निर्देशन दिए । ‘सरकारले विनियोजन गरेको बजेटको सहि ढंगले कार्यान्वयन भएको छ या छैन त्यसलाई अनुगमन गर्नुस्,’ मुख्यमन्त्री आचार्यले भने,–‘बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन जरुरी छ ।’

उनले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना तत्काल गरिने जानकारी दिए । ‘कार्यालय भवन र कार्यालय सहयोगी नगरपालिकाले उपलब्ध गराउने सहमती भएको छ । प्रदेश सरकारबाट कर्मचारी नियुक्त गरेर पठाउँछौंं,’ उनले भने, ‘छिटो सेवा सुरु गर्ने योजना अनुसार काम अघि बढेको छ ।’

कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख संगीता सुवेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापनासंगै समग्र विकासका योजनाहरुको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । ‘समग्र कोहलपुरको विकासको बारेमा छलफल भयो । साथै यातायात सेवा कार्यालय स्थापनाको बारेमा पनि ध्यानकर्षण गराएक छौं । यस बारेमा मुख्यमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ,’,उनले भनिन्, ‘छिट्टै यातायात सेवा कार्यालय स्थपना हुने विश्वास दिलाउनु भएको छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : ०१ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न