७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु



बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । ‘फोहोरलाई मोहर’ भन्ने नाराका साथ फोहोर व्यवस्थापन मार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य सहित तालिम सुरु भएको हो।

बाँके युनेस्को क्लव र प्लान इन्टरनेशनलको समन्वयमा आजबाट सुरु भएको तालिममा १८-२४ वर्ष उमेर समूहका २५ जना सहभागी छन् । उनीहरुलाई तरकारी खेती र स्थानीय कुखुरा पालन सम्बन्धी ज्ञान प्रदान गरिने बताइएको छ।

तालिमको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य जवेद खातुनले उदघाटन गरिन् । तालिमको उदघाटन गर्दै उनले वातावरण संरक्षण र युवा महिलाहरूको लागि रोजगार सिर्जना गर्ने यो परियोजनाको उल्लेखनीय प्रयासको प्रशंसा गरिन् ।

तालिममा सबैभन्दा कमजोर समुदायको हिस्सा सहभागी भएको उल्लेख गर्दै उनले तालिमले वातावरणीय संरक्षण प्रवर्द्धन गर्ने हरित व्यापारमा आधारित आयआर्जन गतिविधिहरूमा सहभागी गराई आर्थिक रूपमा आत्मनिर्भर बन्न र सुरक्षित तथा सम्मानजनक जीवनयापन गर्न सक्षम हुने विश्वास ब्यक्त गरिन् ।

बाँके युनेस्को क्लवका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्राविधिक सल्लाहकार सजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत श्री राधे कृष्ण र फिल्ड सुपरभाइजर कञ्चन दहितको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार तालिममा रुबिना थापालियाले तालिम प्राविधिक ज्ञान प्रदान गर्ने छिन्। उनले फोहोर व्यवस्थापनका विभिन्न विधिहरू र फोहोरबाट हानिकारक रसायनमुक्त जैविक मल उत्पादन गर्ने तरिकाहरूमा पनि प्रशिक्षण दिनेछिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ०२ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली