२० मंसिर २०८२, शनिबार | December 6, 2025

साफ महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

अहिले काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो ।

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।

११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । बिमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् । १३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३-० ले अघि बढाइन् ।

३७ औं मिनेटमा नेपालले ४-० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।

समूहमा भुटान ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । यस खेलमा ५ गोलको अन्तरले जित हासिल गरे नेपाल सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

यस प्रतियोगिताको समुह बी मा रहेको नेपाल समुह विजेता हुन ६ गोल अन्तरले जित हासिल गर्नुपर्ने छ भने सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ६ : ३० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय