३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

रवि लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ अनुमति



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि प्रहरीलाई पक्राउ अनुमति दिएको छ । अदालतबाट अनुमति लिएर लामिछाने विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध यसअघि नै इलाका प्रहरी कार्यालय बुटवलबाट मुद्दा दर्ता भएकोमा आज पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

कानूनतः मुद्दा परिसकेपछि पक्राउ अनुमति लिनुपर्ने भए बमोजिम अदालतबाट अनुमति लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए । उनले अनुमतिसँगै कास्की प्रहरीसँग समन्वय गरिएको जनाउँदै लामिछानेलाई रुपन्देही ल्याउन सकिने जनाए । ‘प्रमुखरुपमा कास्कीले मुद्दा हेरिरहेको छ, बयानको आवश्यकता देखिए रुपन्देही पठाउन पनि सक्छ ।’ उनले भने ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ । थप भएको ७ दिनकै अवधिमा लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : १९ बजे

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन