१५ भदौ २०८३, सोमबार | August 31, 2026

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गरेका हुन् ।

“डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजे १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु”, उनले भनेका छन् ।

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ । “नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ”, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ९ : ४५ बजे

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले

ढोल-झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै