१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपाल संवतमा नेपालगन्जमा भिन्तुना र्‍याली



नेपालगन्ज । नेपालीहरुको मौलिक संबत नेपाल संवत ११४५ को अवसरमा नेपालगन्जमा भिन्तुना र्‍याली हुने भएको हो । नेवाः पुच बाँकेको संयोजनमा आज नेपालगन्जमा भएको नेवाः समुदायको संघ संस्थाहरुको भेलाले नेपाल संबतका अवसरमा नेपालगन्जमा भिन्तुना र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

भेलामा सहभागी नेवाः अगुवाहरुले नेपाल संवत नेवार समुदायको मात्र नभएकाले सबैले अपनत्व लिने गरि कार्यक्रम गर्न आयोजकलाई सुझाएका थिए । उनीहरुले नेवाः सहित अन्य जाती, भाषा र सम्प्रदायका अगुवाहरुलाई पनि भिन्तुनामा आमन्त्रण गरि सबैलाई नेपाल संवतको महत्व दर्शाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेवाः पुचका पार्षद एवं बरिष्ठ पत्रकार पूर्णलाल चुकेले नेपाल संवत हरेक नेपालीको साझा संवत भएकाले सबैले यसको अपनत्व लिनु पर्ने बताए ।

लायन अगुवा ज्ञानेन्द्र श्रेष्ठले नेपाल संवतलाई नयाँ ढंगले मनाएर सबैलाई समेट्न आयोजकलाई सुझाव दिए ।

नेवाः पुचका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतमा भएको छलफलमा नेवाः सम्बद्ध पुचः गुठी र खलका अध्यक्ष तथा पदाधिकारीहरुले भिन्तुना र्‍यालीलाई भब्य बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ०० बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा