१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपालको सामना भारतसँग



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् ।

आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।

बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समुह ए बाट पाकिस्तान भने तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै समुह बी मा भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन ।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ५७ बजे

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा