१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिए । मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गरे । उनले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताए ।

यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिए । उनले विपत्पीडित एक हजार एक सय ६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनाका साथै, बालबालिका, महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको बताए ।

कुल रु एक अर्ब ६० करोड १३ लाख ४० हजार बजेट रहेको यस मन्त्रालयले नेपालको कुल जनसङ्ख्याको ७७ दशमलव १६ प्रतिशत जनसङ्ख्याको नेतृत्व गर्दै आएको बताउँदै मन्त्री सुडीले ठूलो जिम्मेवारी तर सीमित स्रोतसाधन मन्त्रालयको कार्यसम्पादनको मुख्य चुनौती रहेको बताए ।

दश स्थानीय तहबाट सडक बालबालिकाको तथ्याङ्क माग गरिएकामा ५६ जनाको तथ्याङ्क आएको र उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद्मार्फत उद्धार, पुनस्र्थापनामा प्रक्रिया अघि बढेको, हराएका बालबालिका खोजेर परिवारलाई पुनर्मिलन गराएको, मानव बेचबिखन तथा ओसारपसारपीडित÷प्रभावित ७७ महिलाको उद्धार गरिएको लगायत कार्य मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ५५ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ