७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति



झापा । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए।

“बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ”, उनले भने, “सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उनले बताए ।

जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’ रोग देखिएको हो । जिल्लामा लगाइएको अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने हुने प्रमुख विष्टले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ५६ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली