२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान



काठमाडौँ  । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।

यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफ च्याम्पियनसिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो ।

फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् । साफ च्याम्पियनसिपमा उनले समूह चरणको पहिलो भूटानविरुद्धको खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए ।

सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलङ्का र सेमिफाइनलमा भारतविरुद्धको खेलमा समान एक÷एक गोल गरेकी थिइन् । यस साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक तामाङले बुधबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : ४८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले