१९ बैशाख २०८३, शनिबार | May 2, 2026

बिबिध कार्यक्रम गर्दै बुटवलमा २ दिन नेपाल संवत ११४५ लाई स्वागत गरिने



बुटवल । नेपाल संवत ११४५ को स्वागतमा बुटवलमा २ दिन विविध कार्यक्रम गरि मनाइने भएको छ । समस्त नेपालीहरुको साझा संवतकारुपमा पहिचान दिनेगरि नेवाः दय दबु बुटवल नगर समितिको मुल आयोजना र बुटवलका १० वटा खलपुचहरुको सहभागीतामा नेपाल संवतलाई स्वागत गरिने भएको हो ।

विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुल आयोजक नेवाः दयदबुका नगर अध्यक्ष गोपाल श्रेष्ठले शुक्रबार दिउसो वृहत मोटरसाईकल र्याली तथा शनिबार सम्मान र शुभकामना आदाप्रदान समारोह राखिएको जानकारी दिए । उनले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै शुक्रबार दिउँसो ४ बजे राजमार्ग चौराहाबाट शुरु हुने मोटरसाइकल रयाली बुटवल बजार परिक्रमा गरि योगिकुटी हुदै देविनगरस्थित नेवाः सेवा समितिको कार्यालयमा समापन गरिने बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौं बाहिर पहिलोपटक नेपाल संवतको क्यालेन्डर बिमोचन गरिनुका साथै बुटवलमा रहेर नेवाः समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दयदबुका संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मानको गरिने छ ।

कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्द्यो नेवाः समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवाः समाज १ र २, नेवाः समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि खलपुचहरुको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल संवत सबै नेपालीको साझा संवत भएको स्पष्ट पार्दे कार्यक्रममा नेवार समुदाय बाहेकका नेपाली भाषा, धर्म र सम्प्रदायको पनि उपस्थिती रहने जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ८ : ५७ बजे

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी