१९ बैशाख २०८३, शनिबार | May 2, 2026

आजको मौसम : तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा हल्का हिमपातको सम्भावना



काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति, देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : १८ बजे

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी