१० असार २०८३, बुधबार | June 24, 2026

धन कमाउने अचम्मैको बाटो बनेको तिब्बती पठारको अंगुर खेती



साङ्ग्री जिल्लाको एउटा अंगुरबगैंचामा, हरिया र बैजनी अंगुरले भरिएका पङ्क्तिबद्ध अंगुरका टेरेसहरू देखिन्छन् । यो समय अंगुरको फल बस्ने महत्त्वपूर्ण अवधि हो । हुनान प्रान्तको तर्फबाट तिब्बत (चिनियाहरु हाल तिब्बतलाई सिचाङ भन्छन्)लाई सहयोग गर्ने कार्यदलका प्राविधिकहरू र कामदारहरू ग्रीनहाउस मुनि व्यस्त छन । उनीहरु तयारहुँदै गरेको अंगुर खेतीको लागि औधि खुसी छन् ।

साङ्ग्री जिल्लाको अति–उचाइमा रहेको अंगुर खेती आधार सन् २०११ मा स्थापना गरिएको थियो । पछिल्ला वर्षहरूमा हुनान प्रान्तको आर्थिक र प्राविधिक सहयोगबाट साङ्ग्री जिल्लाको अंगुर खेती गर्ने क्षेत्रफल सन् २०११ मा १ हेक्टरबाट हाल करिब ५६७ हेक्टरसम्म पुगेको छ । सन् २०१७ देखि हालसम्म यसमा ९० हजार भन्दा बढी कामदारले काम गरिसकेका छन् । र, स्थानीयको आम्दानीमा १ करोड चिनियाँ युआनभन्दा बढीको वृद्धि गरेको छ । अंगुर खेती गर्ने १० वटा गाउँको आम्दानीमा १ करोड २० लाख चिनियाँ युआनभन्दा बढीको वृद्धि भएको छ ।

साङ्ग्रीको वाइन उत्पादनलाई तिब्बत बाहिर पनि बेच्नको लागि, हुनान प्रान्तको कार्यदलले मध्यस्थको रूपमा भूमिका खेलेको छ । वाइन लगानी मेला, ल्हासामा चीन तिब्बत पर्यटन र संस्कृति प्रदर्शनी, बेइजिङमा हुने साना र मझौला उद्यमहरूको वार्षिक सम्मेलन र लगानी प्रवर्द्धन सम्मेलनजस्ता प्लेटफर्महरूको प्रयोग गरी यहाँको वाइनको प्रचारप्रसार गरिएको छ । यस कार्यदलले अंगुर खेती आधारलाई हुनान प्रान्तको उपभोक्ता सहयोगको सार्वजनिक सेवा प्लेटफर्ममा सफलतापूर्वक सुरु गर्न सहयोग गरेको थियो जसले गर्दा अनलाइन र अफलाइन मार्केटिङ मोडेललाई समन्वित बनाउन सक्यो ।

हाल, साङ्ग्री जिल्लामा आधुनिक कृषिप्रणालीअन्तर्गत अंगुर खेती, अंगुर टिप्ने, वाइनको उत्पादन तथा प्रशोधन, पर्यटन, मनोरञ्जन र अवलोकन गर्ने जस्ता “मिठो औद्योगिक श्रृंखला” निर्माण भएको छ । ग्रामीण पुनरुत्थान प्रक्रियामा, अंगुर उद्योग उच्चस्तरीय, ठुलोस्तरमा खेती, मापदण्ड अनुरूप उत्पादन, र ब्रान्ड सञ्चालनतर्फ प्रबल रूपमा विकसित हुँदैछ ।

(तिब्बतको साङ्ग्री जिल्लामा अंगुर खेतीका लागि गरिएको प्रयास नेपालका अंगुर किसानका लागि पनि सन्दर्भ सामाग्री हुनसक्छ ।)

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : ४५ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको