१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेमा किसानको धान किन्दै



बाँके । बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए । उनका अनुसार ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ ।

प्रतिक्विन्टल मध्यम धान रु तीन हजार पाँच सय ८० र मोटो धान रु तीन हजार चार सय १० मा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताए । उनका अनुसार किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिनेछ ।

यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको बाँके डुडुवाका किसान कन्धइलाल यादवले बताए । -रासस

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : २८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’