६ पुस २०८२, आइतबार | December 21, 2025

सडक दुर्घटनामा युवाको मृत्यु भएपछि भेरी अस्पतालअगाडी स्थानीयले गरे टायर बालेर प्रदर्शन



नेपालगन्ज  । नेपालगन्जमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएपछी उनका आफन्त र स्थानीयले भेरी अस्पतालअगाडी टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नं र ज ३ प ७१७१ नंम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज-६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको थियो भने नेपालगन्जकै एहसान शेष घाइते भएका थिए ।

घाइते एहसान शेष भेरी अस्पतालबाट सम्पर्कविहीन भएपछि मृतकका आफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

घाइते शेष भेरी अस्पताल पुगेका थिए । चिकित्सकले सिटी स्क्यान गर्न पठाएका थिए । सिटी स्क्यान गर्न बाहिर निस्केका शेष सम्पर्कविहीन भएका थिए । केहीले उनी भारतमा उपचार गर्न गएको बताएका छन् ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शेषलाई खोजेर ल्याउने प्रतिबद्धता गरेपछि टायर बाल्न बन्द गरिएको छ । पीडित पक्षले शेषलाई नल्याउँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ४ : ५९ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)