१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत लगियो, बहस जारी



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई तेस्रो पटक अदालतमा म्याद थपका लागि उपस्थित गराएको छ । रवि सहित आज सोही प्रकरणको मुद्दामा हिरासतमा रहेका चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको हो ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ ।

अदालतबाट रविलाई रिहा गर्ने आदेश आएमा बुटवलमा चलेको सुप्रिम सहकारीको मुद्दामा पुनः पक्राउ गरेर रुपन्देही ल्याउने प्रहरीको तयारी रहेको प्रहरीको उच्च स्रोतको दाबी छ । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । लामिछानेलाई कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दामा प्रहरीले अनुसनधान गरिरहेको छ ।

रास्वपाले भने राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : ०४ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने